बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारका विरुद्ध उजुरी आज

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारका विरुद्ध उजुरी आज

images
२०८२ माघ ७ गते, बुधवार
२०८२ माघ ७ गते, बुधवार
  • काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि हिजो मंगलबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन आयोगले आजका लागि समय निर्धारण गरेको छ।

    images

    निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।

    images

    उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

    आयोगले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा सबैलाई धन्यवाद व्यक्त गरे।

    उनले निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने आयोगको अपेक्षा रहेको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend