बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता

१६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ।

    images

    फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज (मंगलबार) उम्मेदवारको मनोनयन दर्ताका लागि समय निर्धारण गरेको थियो। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले जनाएको छ।

    images

    आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ६५५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। 

    निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ बजेपछि पनि दर्ता गराउन सक्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिने बताए।

    काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको छ। उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend