मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यी हुन् काठमाडौँका उम्मेदवारी दर्ता हुने स्थान

यी हुन् काठमाडौँका उम्मेदवारी दर्ता हुने स्थान

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ।

    images

    काठमाडौंमा भने १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि १० वटै निर्वाचन अधिकृतको कार्यालयको तयारी सकिएको छ।

    images

    काठमाडौं क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ।

    काठमाडौं क्षेत्र नं. २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले  जानकारी दिए।

    क्षेत्र नं. ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ। क्षेत्र नं. ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका नं.२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ। क्षेत्र नं. ५ को कार्यालय टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ।

    यसैगरी क्षेत्र नं. ६ कार्यालय तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीस्थित नगरपालिका  भवनमा गरिएको छ। क्षेत्र नं. ७ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र (जुडो हल) मा स्थापना गरिएको छ।

    यस्तै क्षेत्र नं. ८ को कार्यालय नागार्जुन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका भवनमा गरिएको छ भने क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ।

    यसैगरी क्षेत्र नं. १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं. २ बाघ भैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ।

    उम्मेद्वारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय निर्धारण गरिएको छ। आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम छ।

    यसैगरी माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ।

    यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ।  माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend