काठमाडौं। पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।
विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने भएक हुन्।
देउवा यसपटक उम्मेदवार नहुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
`नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।´ उनका स्वकीय सचिव भानु देउवाले लेखेका छन्।



