बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधिसभा निर्वाचन-२०८२

प्रत्यक्ष तर्फ १६५ क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै

प्रत्यक्ष तर्फ १६५ क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

    images

    निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गरिरहेका छन्। निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिसकेको छ। आयोगले उम्मेदवार दर्ताका लागि सम्पूर्ण तयरी तयारी पूरा भइसकेको जनाएको छ।

    images

    आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ।

    आयोगले प्रमुख पाँच राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरिदिएको छ। भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ।

    आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend