बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य सेवाका चार सहित आठ जना सहसचिवको जिम्मेवारी हेरफेर

स्वास्थ्य सेवाका चार सहित आठ जना सहसचिवको जिम्मेवारी हेरफेर

images
२०८२ माघ ५ गते, सोमवार
२०८२ माघ ५ गते, सोमवार
  • काठमाडौं। सरकारले स्वास्थ्य सेवाका चार सहित आठ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दै सरुवा गरेको छ।

    images

    निर्वाचन आचार संहिता लागू हुनु अघि नै सरकारले गत २ माघमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो।

    images

    जसअनुसार टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकको रुपमा कार्यरत डा. युवानिधि बसौलालाई कामकाजमा रहेर गण्डकी प्रदेश स्वास्थ्य सचिवको रुपमा काम गर्न खटाएको छ।

    यसैगरी गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्व बन्धु बगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

    यस्तै आयुर्वेद विज्ञ प्रमुख कन्सलटेन्टको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका डा. रामआधार यादवलाई मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ।

    मधेश प्रदेश मुख्य मन्त्री कार्यालयमा सचिवको रुपमा रहेका स्वास्थ्य सेवा अन्तर्गत अधिकृत एघारौँ तहका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाउने निर्णय भएको छ।

    बैठकले प्रशासन समूहबाट गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई अर्थ मन्त्रालय, प्रदीप परियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, धर्मेन्द्रकुमार मिश्रलाई मधेश प्रदेशबाट गृह मन्त्रालयमा र छविलाल रिजाललाई सामान्य प्रशासनबाट मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेशमा सरुवा गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend