काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्।
उपप्रमुख समक्ष उनले माघ ४ गते (आज) बाट लागू हुने गरी राजीनामा पेश गरेका हुन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। त्यसैका लागि उनले राजीनामा दिएका हुन्। उनी रास्वपाबाट उम्मेदवार बन्दै छन्।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गरेका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।
यस्तो छ राजीनामा पत्र




