काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा समुहले पार्टीको आधिकारिकता मग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
निर्वाचन आयोगले गगन थापा समूहलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि आयोगको सो निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो।
कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ।
निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।



