बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ : नेता शिवाकोटी

कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ : नेता शिवाकोटी

images
२०८२ माघ ४ गते, आइतवार
२०८२ माघ ४ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ।

    images

    शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो।

    images

    सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरुलाई पनि पाठ सिकाएको दाबी गरे।

    उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरुले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवम नौलो सन्देश प्रवाह गरेको बताए।

    उनले भने,‘यो वैधानिक विद्रोह हो, कांग्रेसलाई रुपान्तरित र पुस्तान्तरण गर्ने प्रभावशाली आधार हो। अब देशभर नेपाली कांग्रेसभित्र ठूलो रुपान्तरण आउने निश्चित छ।’ 

    पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विशेष महाधिवेशनको महत्व र पावर गाउँ गाउँसम्म र अन्य दलहरुमा पनि संचारित गर्नुपर्ने औंल्याए।

    राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा सुरुमा आफूहरुले उठाएको दावी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशंक्त बनाएर अघि बढ्ने बताए।

    त्यस्तै कांग्रेस नेता भेषराज आचार्यले इलाम जिल्लामा कांग्रेसभित्र रुपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए।

    कार्यक्रममा नव निर्वाचित केन्द्रीय सदस्य हिमालय कर्मचार्य, नगेन्द्र कुमाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका महामन्त्री गणेश केसीलागयतले आफ्नो धारणा राखेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend