बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस सभापति गगन थापाको अपिल : एकताबद्ध भएर अघि बढौं

कांग्रेस सभापति गगन थापाको अपिल : एकताबद्ध भएर अघि बढौं

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको भन्दै एकताबद्ध भएर अघि बढ्न सबैमा अपिल गरेका छन्।

    images

    निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि अपिल मार्फत सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नरहेको बताए।

    images

    `नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।´ सभापति थापाले प्रेस विज्ञप्तिमा भनेका छन्।

    उनले यो निर्णय नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि इमान्दार प्रयत्नको साझा प्रतिफल भन्दै पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्ने भनेका छन्।

    `यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो। यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।´

    प्रेस विज्ञप्तिमा अगाडी भनिएको छ, `विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ। 
    यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।´

    प्रेस विज्ञप्तिमा अब कांग्रेसमा कुनै गुट उपगुट नरहेको भन्दै अगाडी भनिएको छ, `आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ। नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।´

    `अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।´

    सभापति थापाले अगाडी भनेका छन्, `अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल!´

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend