बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अतालियो देउवा कांग्रेस, आन्दोलनको धम्की

अतालियो देउवा कांग्रेस, आन्दोलनको धम्की

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौं। गगन थापा समूहलाई निर्वाचन आयोगले पुन: बोलाएपछि सानेपाको शेरबहादुर देउवा नेतृत्वको कांग्रेस अतालिएको छ।

    images

    शुक्रबार दिउँसो २ बजे आयोगले नागरिकता सहित आउनु भनेर गगन थापा नेतृत्वको कांग्रेसलाई आयोगले बोलाएपछि आफुलाई संस्थापन दाबी गर्दै अएको सानेपाको कांग्रेस आतालिएको हो।

    images

    आयोगमा गगन समूह पुगेकै समयमा सानेपामा पत्रकार सम्मेलन गरेर देउवा समूहले अतालिएको संकेत देखाएको हो।

    सो पत्रकार सम्मेलनमा कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता नदिए आयोग विरुद्ध देशभर आन्दोलन गर्ने धम्की नै दिए। उनको सो धम्किलाई लिएर सामाजिक संजालमा उनको आलोचना भइरहेको छ।

    पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति खड्काले निर्वाचन आयोग लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियाअनुसार अघि बढ्ने विश्वास आफूहरूको भए पनि केही आशंका कायमै रहेको बताए। 

    “निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन, तर यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ, आन्दोलका लागि तयार रहनु।” उनले भने।

    उनले आयोगले मान्यता नदिने अवस्थामा  सबै तहका कार्यकर्ता, संघ–संगठन र समर्थकलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइएको जानकारी पत्रकार सम्मेलनमा नै दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend