बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

‘पेसएक्स स्पोटर्स’को औपचारिक घोषणा, विद्यालयसम्म पुग्ने लक्ष्य

‘पेसएक्स स्पोटर्स’को औपचारिक घोषणा, विद्यालयसम्म पुग्ने लक्ष्य

images
२०८२ माघ १ गते, बिहिवार
२०८२ माघ १ गते, बिहिवार
  • काठमाडौं। नेपालमा खेलकुदको दिगो विकासलाई संस्थागत रूप दिने उद्देश्यका साथ स्थापना हुन लागेको ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक परिचय सार्वजनिक गरेको छ।

    images

    नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले आफ्नो अवधारणा, लक्ष्य र आगामी कार्ययोजनाबारे जानकारी दिएको हो।

    images

    पत्रकार सम्मेलनमार्फत संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले नेपालमा खेलकुदमा पर्याप्त सम्भावना रहे पनि आधारभूत तहमा प्रशिक्षण नहुनु, दीर्घकालीन योजना र संरचित कार्यक्रमको अभाव, खेल शिक्षाप्रति न्यून समझदारी जस्ता चुनौती कायम रहेको उल्लेख गरिन्। ती समस्यालाई समाधान गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ स्थापना गरिएको बताइन्। 

    संस्थाले आफूलाई केवल प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, शैक्षिक संस्था, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सरोकार राख्ने निकायहरूलाई एउटै प्लेटफर्ममा जोड्ने साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ। खेलकुदलाई शिक्षा, स्वस्थ जीवनशैली र समग्र राष्ट्रिय विकाससँग जोडेर अघि बढाउनु संस्थाको दीर्घकालीन सोच रहेको बताइएको छ।

    संस्थाका सिईओ सौरभ सिंहले पत्रकारहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै विद्यालय र समुदायस्तरमै प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र चारित्रिक विकास, विद्यालय तथा कलेजस्तरीय खेलकुद कार्यक्रम, कार्यस्थलमा आधारित खेलकुद तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम र विभिन्न प्रतियोगिता तथा सामुदायिक गतिविधिलाई प्राथमिकता दिइने स्पष्ट पारे।

    ‘पेसएक्स स्पोटर्स’ले प्रशिक्षक, पूर्व खेलाडी, खेल संघ–संस्था, स्थानीय सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। युवामा केन्द्रित लगानीमार्फत दक्ष खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र उत्तरदायी नागरिक निर्माणमा योगदान पुर्याउने लक्ष्य संस्थाले लिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend