बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

३३ किलोग्राम सुन प्रकरण, सनम शाक्यको हत्या आरोपी सुरेन्द्र पक्राउ

३३ किलोग्राम सुन प्रकरण, सनम शाक्यको हत्या आरोपी सुरेन्द्र पक्राउ

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौँ। नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी सुरेन्द्र गौतमलाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

    images

    मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend