काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। घटेको मूल्य आज देखि नै लागू भएको छ।
निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको हो।



