काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक ललितपुलको कुपन्डोलमा सुरु भएको छ।
सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको छ।
बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य देवराज चालिसेलाई दिएको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण महाधिवेशन प्रतिनिधि, कांग्रेसका नेता कार्यकर्ता, निर्वाचन समिति, शुभचिन्तक लगायत सबैलाई धन्यवाद समेत दिएको छ।
बैठकपछि १ बजे नवनिर्वाचित कार्यसमितिको जानकारी निर्वाचन आयोगलाई दिन जाने कार्यक्रम छ।




