काठमाडौं। नेपाली कांग्रेसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन हुने पक्का भएको छ।
उच्च स्रोतका अनुसार अहिले कमलपोखरीको एक होटलमा केन्द्रीय समितिमा बस्ने नेताहरूको नाम तय हुँदैछ।
उपसभापतिमा शर्मा र भुसाललाई निर्विरोध बनाउन सहमति जुटेको कांग्रेसका एक नेताले बताए। तथापि नेता फरमुल्लाह मन्सुर र महेश आचार्यको पनि उपसभापति पदमा उम्मेदवारी परेको छ।



