काठमाडौं। नेपाली कांग्रेसको सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित बनेका छन्।
काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदा उनको मात्रै उम्मेदवारी परेको थियो।
आइतबारदेखि भृकुटीमण्डपमा जारी छ। अहिले अन्य पदमा सर्वसम्मतिको प्रयास भइरहेको छ। आधिकारिक रुपमा निर्वाचन समितिले निर्वाचित भएको घोषणा गर्ने बताइएको छ।



