बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

देउवा पक्षले गगन-विश्व-फरमुल्लाहलाई गर्यो कार्वाही

देउवा पक्षले गगन-विश्व-फरमुल्लाहलाई गर्यो कार्वाही

images
२०८२ पौष ३० गते, बुधवार
२०८२ पौष ३० गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई करबाही गरेको छ।

    images

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो।

    images

    सो बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन समेत निर्देशन दिएको छ।

    पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो। भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुँदै गर्दा संस्थापन समूह विशेष पक्षधरसँग रुष्ट थियो।

    पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend