बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी, अरु पदमा क-कसको पर्यो?

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी, अरु पदमा क-कसको पर्यो?

images
२०८२ पौष ३० गते, बुधवार
२०८२ पौष ३० गते, बुधवार
  • काठमाडौं। काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदा सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

    images

    आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

    images

    यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ।

    दुई उपसभापति पदमा फर्मुला मन्सुर, गुरुराज घिमिरे  देबराज चालिसेले उम्मेदवारी दिएका छन्। 

    स्रोतका अनुसर दुई महामन्त्री पदमा विश्वप्रकाश शर्मा, प्रदिप पौडेल र जगदिश्वर नरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन्।

    यसैगरी सहमहामन्त्री पदमा गोपल दहित, भरत ब खड्का
    शम्भु ब बुढाथोकी, दिल कुमारी राई, जनक राज गिरि
    ओमबहादुर घर्ती, राम पल्टन, मुक्ता कुमारी यादव, सुरेन्द्र प्रसाद चौधरी, कर्ण बहासुर बुढा, अब्दुल सत्तार, बहादुर सिंह लामा ७ जना (खुल्ला, महिला, आदिवासी जनजाति , मधेसी ,दलित, मुस्लिम , पिछडिएको क्षेत्र ) बाट उम्मेदवारी दिएका छन्।

    बुधबार बिहानदेखि नै सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरे पनि सहमति जुटेको छैन। अझै पनि प्रयास जारी छ।

    सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन्।

    निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend