काठमाडौं। आज तराइका विभिन्न भूभागमा हुस्सु/ कुहिरो लागेपनि देशका पहाडी तथा हिमली भुभागमा मौसम सफा रहेको छ।
तराइका विभिन्न भूभागमा हुस्सु/ कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/ कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज पनि राति तराईका केही स्थानमा हुस्सु रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।



