बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको भनाइ, दुवै महामन्त्रीका प्रतिवेदन पारित

विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको भनाइ, दुवै महामन्त्रीका प्रतिवेदन पारित

images
एक्सरे नेपाल
२०८२ पौष २९ गते, मंगलवार
एक्सरे नेपाल
२०८२ पौष २९ गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन्.।

    images

    भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे। 

    images

    उनले भने, 'यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो।´

    आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। 'हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,' उनले भने। 

    तर कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उनको भनाइ छ। उनले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गरे।

    महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे। उनले भने, 'अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।'

    उनले यो विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, 'तपाईं हामी यति धेरै टाढाबाट आएका छौं। अब हलले एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।'

    उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरे। सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ । 

    योसँगै बन्द सत्र पनि सकिएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend