काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज पनि बन्दसत्र सुरु भएको छ। बन्दसत्र हलमा महामन्त्री गगन थापा कार्यकर्ता र शुभेच्छुकको बाक्लो भिडबीच प्रवेश गरेका छन्।
महाधिवेशन स्थलमा उपस्थित कार्यकर्ता र शुभेच्छुकहरूको ठूलो भीडले अहिले नेतृत्व परिवर्तनको माग गरिरहेका छन्।
बन्दसत्रमा अहिले महामन्त्री थापाले पार्टीभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको स्पष्ट सन्देश दिने तयारी गरेका छन्।
विशेष महाधिवेशनमा पार्टीको नेतृत्व, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक रणनीतिसम्बन्धी महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।



