बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस विशेष महाधिवेशन, के छन् आजका कार्यक्रम?

कांग्रेस विशेष महाधिवेशन, के छन् आजका कार्यक्रम?

images
२०८२ पौष २८ गते, सोमवार
२०८२ पौष २८ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ।

    images

    काठमाडौंको भृकुटिमण्डपमा हिजोदेखी सुरु भएको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय छ।

    images

    महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटिमण्डपस्थित हलमा बिहान आठ बजेदेखि बन्दसत्र सुरु हुने छ।

    आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ भने त्यसपछि नौ वटा समुह निर्माण गरेर चार वटा विषयमाथी नीति मन्थन हुनेछ।

    चार विषयहरु मध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकिय सुधार र समसामयीक विषयमाथी बृहत छलफल हुने पोखरेलले जानकारी दिए।

    नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाईने पोखरेलले बताए।

    नयाँ कार्यसमिति निविरोध हुने सम्भावना रहेकोले मतदान गर्नुनपर्ने पोखरेलको धारणा छ। 

    यसैबिच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधीहरु आज बिहान मात्रै आइपुगेकोले उनिहरुले बिहान ११ बजेसम्म नाम दर्ता गर्न पाउने व्यवस्था मिलाईएको हो। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend