बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचन

समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

images
२०८२ पौष २८ गते, सोमवार
२०८२ पौष २८ गते, सोमवार
  • काठमाडौं। फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन तर्फको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारलाई सोमबार (आज) नाम फिर्ता लिन समय निर्धारण गरिएको छ।

    images

    समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

    images

    सम्बन्धित उम्मेदवारले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम फिर्ता लिन सक्ने राउतले जानकारी दिए।

    नाम फिर्ताका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend