काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को सचिवालयद्धारा जारी विज्ञप्ति अनुसार आइतबार राती ९ बजेसम्म २६ सय ६२ प्रतिनिधिहरुको नाम दर्ता भएको हो।
जसअनुसार कोशी प्रदेशबाट ४२५ जना, मधेश प्रदेशबाट ४४६ जना, बागमतीबाट ४३२ जना, गण्डकीबाट २९६ जना, लुम्बिनीबाट ३९८ जना, कर्णालीबाट १३४ जना, सुदुरपश्चिम प्रदेशबाट १५८ जना, उपत्यकाका तीन जिल्लाबाट १७८ जना, भातृ सुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका हुन्।
सचिवालयकातर्फबाट नेता युवराज पाण्डेले जारी गरेको सो विज्ञप्ति अनुसार सोमबारसमेत प्रतिनिधिहरुको नाम दर्ता हुनेछ।
सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बन्दशत्र विहान १० बजेबाट हुने जनाइएको छ।



