बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विशेष महाधिवेशनमा नागरिक असन्तुष्टिको ‘केस्राकेस्रा’ केलाइन्छ : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशनमा नागरिक असन्तुष्टिको ‘केस्राकेस्रा’ केलाइन्छ : विश्वप्रकाश शर्मा

images
२०८२ पौष २७ गते, आइतवार
२०८२ पौष २७ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन्।

    images

    आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे।

    images

    उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पारे।

    “आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू—कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,” शर्माले भने, “फागुन २१ गते रूख चिन्हमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहोर्‍याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौं।”

    महामन्त्री शर्माले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे। सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उनको भनाइ थियो।

    “३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन,” उनले भने, “प्रशासनिक कार्यालयमा सेवा लिन गएका सेवाग्राही कोठाबाट अर्को कोठा धाइरहनु पर्छ। ‘भोलि–भोलि’ भनिँदा सिडिओ वा मन्त्रीलाई सञ्चो लाग्ला, सेवाग्राहीलाई लाग्दैन।”

    कृषि क्षेत्रमा देखिएको समस्यातर्फ संकेत गर्दै शर्माले मल नपाएर खेतमै अल्मलिएका किसानले मन्त्रीको अनुहार सम्झेर खेती हुने मान्यता नस्वीकार्ने टिप्पणी गरे। यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए।

    महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend