बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस दास र लासहरुको पार्टी होइन : गगन थापा

कांग्रेस दास र लासहरुको पार्टी होइन : गगन थापा

images
२०८२ पौष २७ गते, आइतवार
२०८२ पौष २७ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको बताएका छन्।

    images

    भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको बताएका हुन्।

    images

    `कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं, कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन।´ महामन्त्री थापाले महाधिवेशनलाई सम्बोधन गर्दै भने।

    महामन्त्री थापाले कांग्रेस प्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधान सँगै जनताको भरोसा जोगाउनु पर्ने बताए।

    `चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ।´ थापाले भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend