काठमाडौंको भृकुटीमण्डपमा विहान ८ बजेबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता जारी छ। दिउँस २:३० बजेसम्म १६ सय ३७ जना प्रतिनिधिको नाम दर्ता भएको छ।
महाधिवेशनको महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले बिरुवामा पानी हालेर गरे।
भृकुटीमण्डपमा महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलमा नाम दर्ताको ब्यवस्थापन गरिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। नाम दर्ताक लागि एक हजार शुल्क तोकिएको छ। प्रतिनिधिलाई झोला र खानाको कुपन उपलब्ध गराइएको छ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार नाम दर्ताको क्रम जारी छ।
विशेष महाधिवेशनको सभपतित्व काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँले गरेका छन्। आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधान बमोजिम विशेष महाधिवेशनको माग गरेका थिए।
यो माग पछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन्। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ भने संस्थापन समुहकै केही नेता गगन- विश्व पक्षमा खुल्न थालेका छन्।



