काठमाडौं। गायक प्रशान्त तामाङकाे निधन भएको छ।
हृदयघातका कारण आइतबार बिहान तामङकाे निधन भएको परिवारका सदस्यले पुष्टि गरेका हुन्। भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन्।
उनले नेपाली चलचित्र गाेर्खा पल्टन, परदेशी लगायतमा अभिनय गरेका छन्। दर्जनाैँ नेपाली चलचित्रका गीत र साेलाे एल्बममा समेत स्वर भरेका तामाङको ४३ बर्षकाे उमेरमा निधन भएको हाे।



