बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

११ बजेसम्म ४८८ जना प्रतिनिधिको नाम दर्ता, कार्यकर्तामा उत्साह

११ बजेसम्म ४८८ जना प्रतिनिधिको नाम दर्ता, कार्यकर्तामा उत्साह

images
२०८२ पौष २७ गते, आइतवार
२०८२ पौष २७ गते, आइतवार
  • काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा विहान ८ बजेबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता जारी छ। ११ बजेसम्म ४८८ जना प्रतिनिधिको नाम दर्ता भएको छ।

    images

    महाधिवेशन आज दिउँसो १ बजे उद्घाटन हुने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।

    images

    भृकुटीमण्डपमा महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलमा नाम दर्ताको ब्यवस्थापन गरिएको शिवाकोटीले जानकारी दिए। नाम दर्ताक लागि हजार शुल्क तोकिएको छ। प्रतिनिधिलाई झोला र खानाको कुपन उपलब्ध गराइएको छ।

    विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार बिहान ११ बजेसम्म कोशीबाट ८३, मधेशबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदुरपश्चिमबाट ३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट २९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।

    महाधिवेशन स्थल आउनका लागि काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ।

    विशेष महाधिवेशनको सभपतित्व काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने छन्। आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन्।

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधान बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन्। यो माग पछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन्। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ भने संस्थापन समुहकै केही नेता गगन- विश्व पक्षमा खुल्न थालेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend