बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन, ५० हजारभन्दा बढी सहभागि हुने अनुमान

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन, ५० हजारभन्दा बढी सहभागि हुने अनुमान

images
२०८२ पौष २७ गते, आइतवार
२०८२ पौष २७ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेता मनोज कटुवालले जानकारी दिएका छन्।

    images

    उनका अनुसार महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू ठाउँ–ठाउँमा खटिएका छन्।

    images

    “सहभागीहरूलाई सहजता प्रदान गर्न, भीड व्यवस्थापन तथा आकस्मिक अवस्थालाई ध्यानमा राख्दै स्वयंसेवक परिचालन गरिएको हो,” कटुवालले भने। महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ।

    सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।

    विशेष महाधिवेशनमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता हुने अनुमान गरिएको छ।

    उता, विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सुरु भइसकेको छ। भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रम जारी छ।

    कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

    उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत तय गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend