बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चेक मार्फत अबदेखि पाँच लाख रुपैयाँ सम्म मात्र झिक्न पाइने

चेक मार्फत अबदेखि पाँच लाख रुपैयाँ सम्म मात्र झिक्न पाइने

images
२०८२ पौष २६ गते, शनिवार
२०८२ पौष २६ गते, शनिवार
  • काठमाडौँ। बैङ्कमार्फत चेकबाट कारोबार गर्दा अबदेखि पाँच लाख रुपैयाँ सम्म मात्र झिक्न पाइने भएको छ। अब त्यो भन्दा बढी रकम अकाउन्ट पेयी अनिवार्य हुनेछ।

    images

    यसअघि उक्त सीमा १० लाख रुपैयाँ थियो। नेपाल राष्ट्र बैङ्कले शुक्रबार यो सिमा सम्बन्धि निर्देशन जारी गरेको हो।

    images

    सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट पाँच लाखमा घटाए अनुसार केन्द्रीय बैङ्कले सोमा घटाएको हो।

    यो ब्यवस्था कार्यान्वयन हुँदा अब पाँच लाख रुपैयाँभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने छ।

    यस्तै कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा पाँच लाख भन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने छ तर यो व्यवस्थाले कुनै पनि परिवारले सामाजिक कार्य गर्न वा व्यापारमार्फत नगद सङ्कलन गरेको अवस्थामा भने असर नगर्ने जनाइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend