बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचन

माघ तीन गतेदेखि लागू हुँदै निर्वाचन आचारसंहिता

माघ तीन गतेदेखि लागू हुँदै निर्वाचन आचारसंहिता

images
२०८२ पौष २५ गते, शुक्रवार
२०८२ पौष २५ गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लागु हुने बताएको छ।

    images

    शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ३ गतेदेखि  आचारसंहिता जारी हुनेबारे जानकारी गराएका हुन्।

    images

    आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी तुलाधार, सगुन शमशेर जबरासहित उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

    सो भेटका क्रममा आयोगका पदाधिकारीले निर्वाचनको व्यवस्थापन र तयारीका विषयमासमेत प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए।

    भेटकामा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend