बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगे चन्द्र भण्डारी र सुनील शर्मा

विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगे चन्द्र भण्डारी र सुनील शर्मा

images
२०८२ पौष २५ गते, शुक्रवार
२०८२ पौष २५ गते, शुक्रवार
  • काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारीबारे बुझ्न नेता डा चन्द्र भण्डारी र डा सुनीलकुमार शर्मा भृकुटीमण्डपस्थित महाधिवेशन स्थल पुगेका छन् ।

    images

    नेता भण्डारी र शर्मा शुक्रबार दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका हुन् । उनीहरु त्यहाँ पुग्दा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। 

    images

    नेता भण्डारी र शर्माले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफलसमेत गरेका थिए । सो क्रममा महामन्त्री शर्माले महाधिवेशन स्थलको डिजाइनबारे नेताद्वयलाई जानकारी गराएका थिए । 

    महाधिवेशन स्थलको निरीक्षणपछि फर्कदै गर्दा नेताकार्यकर्ताले नेता भण्डारी र शर्मालाई खुलेरै विशेष महाधिवेशनका पक्षमा आउन आग्रह गरेका थिए । 

    नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले धमाधम तयारीको काम जारी छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना हुँदैछ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend