बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शिक्षामन्त्री पुन भन्छन् : विदेश भ्रमणमा जान्न, घुमेर अर्थतन्त्र बन्छ ?

शिक्षामन्त्री पुन भन्छन् : विदेश भ्रमणमा जान्न, घुमेर अर्थतन्त्र बन्छ ?

images
२०८२ पौष २५ गते, शुक्रवार
२०८२ पौष २५ गते, शुक्रवार
  • काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्री भएपछि पटक पटक विदेश भ्रमण रद्द गरेकाे जानकारी गराएका छन्।

    images

    यसअघि तीनवटा विदेश भ्रमणकाे निम्ताे आएपनि आफू नगएकाे र अहिले दुईवटा निमन्त्रणामा नजाने निर्णय गरेका छन्।

    images

    मन्त्री पुनले फेसबुक पेजमा लेखेका छन्, "म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन, अहिले पनि दुई वटा निमन्त्रणा आएछ, यसमा पनि जान्न, देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ, विदेश घुमेर अर्थतन्त्र बन्छ ?"

    आगामी फेब्रुअरीमा ईजरायल र मे मा साउदी अरबमा हुने फरक कार्यक्रममा सहभागी नहुने उनकाे निर्णय छ।

    पदबाट बाहिरिने बेलामा समेत फर्जी निम्ताेमा विदेश भ्रमणकाे माैका खाेजेकाे भन्दै पछिल्ला केही दिनयता एक मन्त्रीको व्यापक आलाेचना भएको थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend