बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन आयोगले छाप्यो १० लाख नमूना मतपत्र

निर्वाचन आयोगले छाप्यो १० लाख नमूना मतपत्र

images
२०८२ पौष २५ गते, शुक्रवार
२०८२ पौष २५ गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमूना  मतपत्र छापेको छ।

    images

    निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रबाट बिहीबार करिब १० लाख थान नमूना मतपत्रको छपाइ सकेको हो। 

    images

    निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले नमूना मतपत्र मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिने जानकारी दिए।

    आयोगले निर्वाचन अघि मतदातालाई मतदान गर्ने तरिका सिकाउन मतदाता शिक्षा दिने गरेको छ।

    यसपछि आयोगले पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए। 

    आयोगमा समानुपातिक प्रणाली तर्फ कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।

    प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका निर्धारण थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend