काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छाप्न सुरु गरेको छ।
निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रबाट बिहीबारदेखि नमूना मतपत्र छाप्न सुरु गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने जानकारी दिए।
आयोगमा समानुपातिक प्रणाली तर्फ कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका निर्धारण थियो।



