काठमाडाैं। गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि १० जना प्रहरी उपरीक्षक (एसपी) को नाम सार्वजनिक गरेकाे छ।
मन्त्रालय अन्तर्गतको बढुवा समितिको निर्णयअनुसार वरिष्ठता तथा मूल्याङ्कनका आधारमा नेपाल प्रहरी मुख्यालय, मानवस्रोत विभागले बुधबार जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि १० जनाको नाम सूचीमा राख्दै सार्वजनिक गरेको हो।
बढुाव सिफारिस हुने एसपी हरुमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा छन्।
लामो समयको प्रतीक्षापछि सार्वजनिक भएको सूचीले जनपद समूहका बढुवाकाे लाइनमा रहेका एसपी, डीएसपी र इन्स्पेक्टरहरू बीच उत्साह र प्रतिस्पर्धा दुवै बढाएको देखिन्छ। तीन महिना यता बढुवा रोकिदै आएको थियो।




