बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा पिकनिक खाएर फर्कदै गरेको बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौंमा पिकनिक खाएर फर्कदै गरेको बस दुर्घटना, ४ जनाको मृत्यु

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • काठमाडौं। काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ।

    images

    बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या राति १० बजेसम्म ४ पुगेको प्रहरीले जनाएको छ। पिकनिक खाएर फर्कँदै गर्दा बा४ख ८७८८ नम्बरको सो बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    images

    परिसरक प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

    सो बसमा ‘नेचर हर्व’ संस्थाका कर्मचारी पिकनिक खाएर फर्किएको प्रहरीले जनाएको छ ।

    स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो। बसमा ४० जना भन्दा बढी यात्रु थिए। दुर्घटनामा मृत्युु हुने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय बताउँछन्।

    दुर्घटनाका घाइतेलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको छ। उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend