काठमाडौं। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।
आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका कुलमानले सामाजिक संजालमा चर्को बिरोध भएपछि बुधबार राति अबेर प्रधानमन्त्री शुशिला कार्की समक्ष राजिनामा दिएका हुन्। उनी गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।
पत्रमा उल्लेख भएअनुसार मन्त्री पदमा रहँदा उत्पन्न भएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएको जनाइएको छ।
राजीनामा पत्रमा उनले सरकारमा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन्।
साथै, आफ्नो कार्यकालमा मन्त्रालय अन्तर्गतका क्षेत्रमा सुधार, सुशासन कायम गर्न र विकास निर्माणका कामलाई अघि बढाउन इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेका छन्।
यस्तो छ राजीनामा पत्र :




