बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आगामी चुनाबमा उम्मेदवारी दिने या नदिने निर्णय लिएको छैन : सञ्चार मन्त्री

आगामी चुनाबमा उम्मेदवारी दिने या नदिने निर्णय लिएको छैन : सञ्चार मन्त्री

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफुले उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन्।

    images

    नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै उनले चुनाबमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताएक हुन्।

    images

    मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भने, “म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमा म प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन।”

    प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सरकारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उनले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे। 

    पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई कायम राख्नुपर्नेमा जोड दिदै उनले फागनु २१ मा निर्वाचन हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताए।

    मन्त्री खरेलले चुनाब नजिकिदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनाबलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्ध नहुने गरि मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने औल्याए।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले प्रेसस्वतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढंगले बुझिदिनु पर्ने बताए।

    महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारको पेशागत हकहितमा सरकार लाग्नु पर्नेमा जोड दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend