बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पद ४४ उम्मेदवार

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पद ४४ उम्मेदवार

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी परेको जनाएको छ।

    images

    कुल १९ पदका लागि बुधबार भएको उम्मेदवारी दर्ताका क्रममा ४४ उम्मेदवारको मनोनयनको सूची दर्ता भएको भन्दै आयोगले सूची सार्वजनिक गरेको हो।

    images

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको उल्लेख छ।

    दर्ता भएको उम्मेदवारीमाथि यही पुस २४ गते उजुरी दिन सकिने आयोगले जनाएको छ। यस्तै यही २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ।

    उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ।

    सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ।

    ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको आयोगले जनाएको छ।

    उम्मेदवारको मनोनयनको सूची आयोगको वेबसाइट https://election.gov.np/admin/public//storage/National%20Assembly/NA%202082/2082-09-23%20Press%20Release.pdf मा हेर्न सकिने आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend