बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

७७ जिल्लाका सिडिओलाई धार्मिक सहिष्णुता कायम राख्न गृहको सर्कुलर

७७ जिल्लाका सिडिओलाई धार्मिक सहिष्णुता कायम राख्न गृहको सर्कुलर

images
२०८२ पौष २२ गते, मंगलवार
२०८२ पौष २२ गते, मंगलवार
  • काठमाडौं।  गृह मन्त्रालयले धार्मिक सहिष्णुता कायम राख्न भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई १० बुँदे सर्कुलर जारी गरेको छ।

    images

    गृह मन्त्रालयले धनुषा र बिरगंजमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई १० बुँदे सर्कुलर जारी गरेको हो।

    images

    गृह मन्त्रालयकी उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनात्मक सर्कुलरमा सीडीओहरुलाई गैरकानुनी क्रियाकलापमा संलग्न जोसुकैलाई अविलम्ब कानुनी दायरामा ल्याउन भनिएको छ।

    यस्तै धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न, समन्वयका लागी जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आव्हान गर्न निर्देशन गरिएको छ।

    यसैगरी सद्भाव र्‍याली आयोजना गर्न र सीमा क्षेत्रमा कडा चेकजाँच गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ भने स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन सीडीओहरुलाई भनिएको छ।

    यस्तै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न भनिएको छ।

    यसैगरी विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गर्न पनि सर्कुलर गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend