बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसका पाँच प्रदेश सभापतिको दाबी : विशेष महाधिवेशनको औचित्य सकियो

कांग्रेसका पाँच प्रदेश सभापतिको दाबी : विशेष महाधिवेशनको औचित्य सकियो

images
२०८२ पौष २१ गते, सोमवार
२०८२ पौष २१ गते, सोमवार
  • काठमाडौँ । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई अपिल गरेका छन्।

    images

    सोमबार कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका हुन्। 

    images

    ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ मङ्सिर १५ को बैठकबाट पार्टीको पन्ध्रौँ नियमित महाधिवेशन २०८२ पौष १६ गतेबाट वडादेखि सुरु गरी पौष २६, २७ र २८ मा सम्पन्न गर्ने तालिका पारित भएको तर महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न भई केन्द्रीय समिति मार्फत केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउने कार्य हुन नसकेको कारण निर्धारित कार्यतालिका अनुसार २०८२ पौष २६– २८ मा महाधिवेशन हुन नसक्ने अवस्थामा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ को निर्णय अनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यस अघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभरका सम्पूर्ण कांग्रेसजनहरुलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ,’ पाँच सभापतिको संयुक्ते विज्ञप्तिमा भनिएको छ। 

    उनीहरूले अपिलमा कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्नसमेत अनुरोध गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend