बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी आन्दोलनमा घाइते भएकी झलनाथकी धर्मपत्नी भेट्न पुगे प्रचण्ड-माधव

जेन-जी आन्दोलनमा घाइते भएकी झलनाथकी धर्मपत्नी भेट्न पुगे प्रचण्ड-माधव

images
२०८२ पौष ९ गते, बुधवार
२०८२ पौष ९ गते, बुधवार
  • काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल आफ्नै घर आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारलाई भेट्न पुगेका छन्।

    images

    प्रचण्ड र नेपाल चित्रकारलाई भेट्न बुधबार बिहान डल्लुस्थित खनाल निवास पुगेका हुन्। गत भदौ २३ र २४ भएको जेन-जी आन्दोलनका क्रममा चित्रकार आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन्। उनको तत्काल किर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो। त्यसपछि थप उपचारका लागि भारत लगिएको थियो।

    images

    चित्रकारको अवस्था अहिले स्वास्थ्य सुधारोन्मुख छ। भेटका क्रममा प्रचण्ड र नेपालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै स्वास्थ्यलाभको कामना गरेका थिए। चित्रकार गत साता भारतमा उपचार गराएर स्वदेश फर्किएकी हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend