बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बिरगंजमा बढ्यो चिसो, सामुदायिक र संस्थागत विद्यालयहरू पाँच दिन बन्द

बिरगंजमा बढ्यो चिसो, सामुदायिक र संस्थागत विद्यालयहरू पाँच दिन बन्द

images
२०८२ पौष ७ गते, सोमवार
२०८२ पौष ७ गते, सोमवार
  • बिरगंज। बिरगंज महानगरपालिकाले शीतलहरका कारण चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयहरू पाँच दिनका लागि बन्द गरेको छ।

    images

    महानगरपालिकाले बढ्दो प्रतिकूल मौसम र चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूपाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।

    images

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि सम्पूर्ण विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जनाएको हो। अहिले दिइएको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

    महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यालय बिदा हुँदा विद्यार्थीहरूको स्वास्थ्यको सुरक्षा हुने र अनावश्यक जोखिमबाट बच्न सकिने अपेक्षा गरिएको बताएका छन्।

    विद्यालयहरू पुनः पुस १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने सूचनामा जनाइएको छ।

    “पुस १० गते क्रिसमस परेको हुनाले सार्वजनिक बिदा भएको, पुस ११ गते शैक्षिक क्यालेन्डर अनुसार नै सट्टा बिदा रहेको र पुस १२ गते शनिवार परेको हुनाले विद्यालयहरू पुस १३ गते (आइतबार) देखि पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने,” सूचनामा भनिएको छ। 

    पछिल्लो केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण बिरगंज लगायत तराई मधेसको मौसम प्रतिकूल बनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend