बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

जटिल प्रसुति समस्या भएकी गर्भवतीको सेनाको हेलिकप्टरबाट उद्धार

जटिल प्रसुति समस्या भएकी गर्भवतीको सेनाको हेलिकप्टरबाट उद्धार

images
२०८२ पौष ६ गते, आइतवार
२०८२ पौष ६ गते, आइतवार
  • काठमाडौं। नेपाली सेनाले जटिल प्रसुति समस्या भएकी गर्भवतीलाई उद्धार गरी अस्पताल पुर्याएको छ।

    images

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाले हेलिकप्टरमार्फत जटिल गर्भवती अवस्था र सुत्केरी अवस्थाका महिलाहरूको उद्धार गर्दै आएको छ।

    images

    गर्भवती तथा सुत्केरी महिलाहरुका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत पुस ६ गते डोल्पा, डोल्पोबुद्ध-४ निवासी गर्भवतीलाई जटिल प्रसुति समस्या भएपछि थप उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याईएको सेनाले जनाएको हो।

    उक्त गर्भवती महिलामा प्रसूति सम्बन्धी गम्भीर जटिलता देखिएपछि स्थानीय स्वास्थ्य संस्थाबाट तत्काल उपचार सम्भव हुन सकेको थिएन।

    दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट समयमै स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएपछि मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको हो।

    सेनाले दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी हवाई उद्धार सेवा प्रदान गर्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend