बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

images
२०८२ पौष ६ गते, आइतवार
२०८२ पौष ६ गते, आइतवार
  • विराटनगर। नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न चिकित्सकको मृत्युु, अनुसन्धान गर्दै प्रहरी 

    images

    विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको पाँचौ तलाबाट खसेर सो अस्पतालमा इन्टर्न गर्दै गरेका एक चिकित्सकको मृत्युु भएको छ।

    images

    आइतबार बिहान करिब साँढे ६ बजेको समयमा सो अस्पताल भवनको पाचौं तलाबाट खसेर अस्पतालमा नै इन्टर्न गर्दै गरेका चिकित्सक ३४ वर्षीय डा. अमित यादवको मृत्युु भएको हो। उनको टाउकोमा गम्भीर चोट थियो।

    मोरङ प्रहरीका अनुसार अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव खसेको सूचना प्रहरीले पाएको थियो।

    टाउकोमा चोट देखिएपछि घटना लगत्तै उनको अस्पतालकै आकस्मिक कक्षमा उपचार सुरु गरिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।

    प्रहरीका अनुसार डा. यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुन्। उनी सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए।

    अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यो घटनाको निष्पक्ष छानबिन हुनुपर्ने परिवारले माग गरेका छन्। घटनापछि डा. यादवका परिवार र सहकर्मीहरू स्तब्ध छन्।

    प्रहरीले उनी अस्पताल भवनबाट कसरी खसे भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend