बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति, चार संस्था अन्तर्राष्ट्रिय

निर्वाचन पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति, चार संस्था अन्तर्राष्ट्रिय

images
२०८२ पौष १ गते, मंगलवार
२०८२ पौष १ गते, मंगलवार
  • काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि चार विदेशीसहित ३१ संस्थालाई अनुमति दिएको छ।

    images

    निर्वाचन आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो। 

    images

    आयोगको आह्वानपछि ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाले आयोगमा निवेदन दिएका थिए। त्यसमध्येबाट आयोगले ३१ संस्थालाई छानेको हो।

    पर्यवेक्षणका लागि छनौट गर्दा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थालाई छानिएको छ। छनौट गरिएका संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको प्रवक्ता भट्टराईको भनाइ छ।

    ती संस्थाका हकमा माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय हुने आयोगले स्पष्ट पारेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend