काठमाडौं। यो सिजनको नेपाल प्रिमियर लिग (आइपीएल) मा लुम्बिनी लायन्स विजेता बन्दै सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ।
लुम्बिनी लायन्स च्याम्पियन बन्दा दोस्रोपटक सुदूरपश्चिम पुन: उपविजेतामै सिमित बनेको हो। आज भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको हो।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बन्न सफल भयो। लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनी जित निकाल्न सफल भयो।
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित बनेको थियो। यस्तो हुँदा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि लगातार सानदार जित निकाल्दै अघि बढेको थियो।
आज भएको खेलमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन निकालेको थियो। दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाएका थिए।
पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए। तर हेमन्त धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए। सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए। यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो।
सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो।
लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङुस ध्वस्त बनेको थियो।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे।
चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे। कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडे। हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन बनाए।
यसैगरी लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए। रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे। रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए। उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए।



